१७ वर्षिया किशोरीलाई १ वर्षदेखि घरमै राखेर बलात्कार गरेको आरोपमा माओवादी नेता पक्राउ

काठमाडौं– संरक्षणका नाममा घरमा राखेर १७ वर्षिया किशोरीलाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले एक माओवादी नेतालाई पक्राउ गरेको छ।

गोरखाको मुच्चोक घर भएका माओवादी नेता भूमिनन्द देवकोटा बलात्कार आरोपमा काठमाडौं–३२, पेप्सिकोलास्थित घरबाट पक्राउ परेका हुन। किशोरीले दिएको किटानी जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको उनको भनाई छ। प्रहरीका अनुसार देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ। पछिल्लो पटक २६ भदौ ०८० मा उनी देवकोटाबाट वलात्कृत भएकी थिईन।

देवकोटा माओवादी केन्द्रनिकट छन्। उनी हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडेपछि देवकोटा भने माओवादीमै सक्रिय रहेका थिए।

तीनै किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ। नेपाली किशोरीका प्रेमी हुन। उनले गत ३० कात्तिकमा किशोरीलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।

प्रहरीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरीमा परहेको छ। घट्नाको छानविन भईरहेको प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट