विष सेवनका कारण ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना

काठमाडौं– विष सेवनका कारण ‘अन्डररवल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन्।
पाकिस्तानले यसको आधिकारिक पुष्टि भने गरेको छैन। तर, उच्च स्रोतले दाउद विष सेवनका कारण अस्पताल भर्ना भएको जनाएको छ।
दाउदलाई अस्पतालभित्र कडा सुरक्षा घेरामा राखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सन् १९९३ को मुम्बई बम विस्फोटका ‘मास्टरमाइन्ड’ र भारतको ‘मोस्टवान्टेड’ दाउद दशकौँदेखि पाकिस्तानमा रहेको बताइएको छ।
उक्त बम विस्फोटमा परी २५० भन्दा बढी मानिस मारिएका थिए। धेरै मानिस घाइते भएका थिए।
प्रतिक्रिया