घर लिप्ने माटो खन्दा ढिस्कोले पुरेर सप्तरीमा एक जनाको मृत्यु
![घर लिप्ने माटो खन्दा ढिस्कोले पुरेर सप्तरीमा एक जनाको मृत्यु](https://www.sheershakhabar.com/wp-content/uploads/2023/12/death.jpg)
राजविराज– सप्तरीका अग्निसाईर कृष्णशवरणमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको आइतबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको हो।
प्रतिक्रिया