प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड स्वाहा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको दुई साता लामो अमेरिका र चीन भ्रमणमा राज्य कोषबाट पौने ५ करोड रुपैयाँ खर्च भएको छ। जम्बो टोली लिएर भ्रमणमा निस्किएका दाहालले ५ असोजदेखि १३ असोजसम्म चीन र अमेरिकाको भ्रमण गरेका थिए।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ। यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो।

प्रधानमन्त्री ३० भदौमा काठमाण्डौबाट अमेरिका प्रस्थान गरेका थिए। उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए। उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए। सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए।

त्यसपछि उनी चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए। मुलुकमा आर्थिक संकट परेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट