गंगालालमा ‘भाउजु’ छिरेपछि राजीनामा दिएर निस्कदै डा. रामेश कोइराला

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशक बन्ने अपेक्षा राखेका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले सरकारी सेवाबाट राजीनामा दिने मुड बनाएका छन्।

केन्द्रमा अर्कैलाई कार्यकारी निर्देशक बनाउँने थाहा पाएपछि उनले राजिनामा दिने मुड बनाएका हुन।

शुक्रबार राति एक्स(पूरानो ट्वीटर)मार्फत डा. कोइरालाले नचाहेरै राजीनामाको स्थितिमा पुगेको बताएका छन्। उनले काममा राजनीतिक हस्तक्षेप भएको संकेत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती एवं केन्द्रीय सदस्य आरजु राणा देउवालाई धन्यवाद दिएका छन्।

‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!’– उनले लेखेका छन्।

अघिल्लो पटक नै गंगालालमा जिम्मेवारी पाउने आशमा रहेका उनी यस पटक पनि स्वास्थ्यमन्त्रीको हातमा फरक नाम देखिएपछि विरक्तिएका हुन्। ७ पुसमा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार नै नयाँ निर्देशकको फाइल उठाउन लगाएका छन्। फाइलमा नाम नभए पनि नयाँ निर्देशकमा मुटु रोग विशेषज्ञ डा रवि मल्ल र डा अरुण मास्केको नाम चर्चामा छ।

नेपाली राजनीतिमा पछिल्लो समय भाउजु भनेर आरजुलाई चिनिँदै आएको छ। डा. कोइरालाको ट्वीटपश्चात सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रियाहरू आइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट