९ वर्षिया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय
काठमाडौं– ९ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय प्रजापति रेग्मीलाई दैलेख जिल्ला अदालतले २५ वर्ष कैद सजाय सुनाइएको छ।
न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय रेग्मीलाई कसुरदार ठहर गर्दै यस्तो सजाय सुनाएको हो।
दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बालिका बलात्कार कसुरमा रेग्मीलाई ७ लाख जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको बताए।
मुलुकी अपराध सहिंता ०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय व्याख्या गरिएको छ। जसमा १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ। सोही कानूनअनुसार रेग्मीलाई जन्मकैदको सजाय सुनाइएको हो।
बालिकालाई बलात्कार गरेको आरोपामा रेग्मी चैत ०७९ मा पक्राउ परेका थिए। उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १४ वैशाख ०८० मा दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो।
थुनछेक बहस हुँदा जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले रेग्मीलाई पुर्पक्षका लागि कारागार पठाएको थियो। उनी दैलेख कारागारमा कैद छैन।
लोकप्रिय
ताजा अपडेट
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

