वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १४ भारतीयसहित ३३ जना घाईते

काठमाडौं– वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुवाहक वस तनहुँमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।

बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये १४ जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले वताए। घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट