उर्लावारीमा हिमचितुवा भेटिनु असम्भव हो ? तथ्य पत्ता लगाउन कार्यदल बन्दै

काठमाडौं– मोरङको उर्लाबारीमा हिमचितुवा भेटिएपछि उक्त घट्नालाई अस्वाभाविक ठान्दै सरकारले सत्य तथ्य पत्ता लगाउन कार्यदल गठन गर्ने भएको छ।

सदर चिडियाखाना ललितपुरमा हिमचितुवाको पछिल्लो अवस्थाबारे जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले कार्यदल गठन गर्ने जानकारी दिए।

१० माघमा उर्लाबारीमा हिमचितुवा फेला परेको थियो। यो जन्तु सामान्यत समुन्द्री सतहदेखि दुई हजार मिटरमाथि मात्र पाइने जनावर हो। तर उर्लावारीमा १ सय ४६ मिटर उचाईमै फेला परेपछि चासोको विषय बनेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उर्लाबारी क्षेत्रमा हिमचितुवा भेटिनु अस्वाभाविक रहेको जनाएको छ। विज्ञहरुले हिमचितुवा तस्करको नियन्त्रणबाट छुटेको हुनसक्ने आशंका गरेका छन् । तर सरकारले हिम चितुवा बाटो भुलेर झरेको हुनसक्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट