दुईटा हरिण मारेका झा राईफल र ४१ थान गोलीसहित पक्राउ
राजविराज — सप्तरीमा प्रहरीले बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले २२ बोर मेगनम (राईफल), ४१ थान गोली, २ थान म्याग्जिन र १ थान गन स्टेनसहित शुक्रबार राजविराज–५ का ४६ वर्षिय शैलेशकुमार झालाई पक्राउ गरेको हो। झा हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित कोशी बाँधछेउमा पक्राउ परेका हुन।
जंगली जनावरको सिकार गरिरहेका झालाई हतियारसहित पक्राउ गरिएको सप्तरी प्रहरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए। झाले सिकार गरेका दुई जंगली जनावरसमेत प्रहरीले नियन्त्रणमा लिइएको छ। झाले दुई वटा हरिण मारेको खुलेको छ।
झालाई थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय राजविराजको जिम्मा लगाईएको सप्तरी प्रहरीका डीएसपी ढुण्डिराज नेउपानेले वताए।
प्रतिक्रिया