संखुवासभामा सुत्केरीको पेटमा कपडा भेटियो

संखुवासभा– संखुवासभाको पाँचपखपन नगरपालिका–६ की एक सुत्कसरी महिलाको पेटमा कपडा फेला परेको छ। ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज (कपडा) फेला परेको हो।

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले भण्डारीको पेटमा कपडा रहेको जनाईएको छ। गत १३ माघमा अस्पतालले शल्यक्रिया मार्फत उनलाई सुत्केरी गराएको थियो। त्यसको एक सातापछि उनको पेटभित्र कपडा भेटिएको हो।

शल्यक्रिया गरेर बच्चा जन्मेको चार–पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वानामा भर्ना गरिएको थियो।

भण्डारीको पेटबाट गज निकालेपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन्। चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन्। चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैंले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन्।

अहिले उनको उपचार चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट