१३ महिनाको बालकले खोले दाजुले वहिनी बलात्कार गरेपछि भएको श्रृंखलाबद्ध अपराध

काठमाडौं– धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारका दाजुवहिनीबीच भएको श्रृंखलाबद्ध अपराध सार्वजनिक भएको छ।

घट्नाको पर्दाफास हुन काठमाडौंको रातोपुल भन्ने स्थानबाट हो। २१ माघको विहान करिव ३ बजे मर्निङ वाक गर्न निस्केका स्थानीयले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा एउटा बालक रोईरहेको सुन्छन्।

उनीह्ररुले बालक रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरे। अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले १३ महिने बालकको उद्धार गरे। अनुशन्धानका क्रममा उक्त बालक तनहुँ घर भई रातोपुलमा डेरा गरेर वस्ने कमल बिक र शारदा क्षेत्रीले छोडेको खुल्यो।

प्रहरीले उनीहरुसँग सोधखोज गर्ने क्रममा आग्राखोलकाका ३३ वर्षिय दाजु र २५ वर्षिया वहिनीबीचको भयानक अपराधको श्रृंखला सार्वजनिक भएको हो। प्रहरीका अनुसार आग्राखोलामा दाइको बलात्कारबाट ती २५ वर्षीया युवती गर्भवती हुन्छिन्।

बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु भयो। त्यही रिसमा उनले आफूलाई बलात्कार गर्ने दाजुको १३ महिने छोरालाई २० माघमा अपहरण गर्छिन। आग्राखोलाबाट अपहरण गरेको बालकलाई उनले काठमाडौँको रातोपुल पुर्याउँछिन् अनि साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छोड्छिन्।

२७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन्। उनीहरुकै बयानका आधारमा प्रहरीले बलात्कारमा संलग्न दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ। दाजुलाई २१ माघमा र वहिनीलाई २४ माघमा प्रहरीले पक्राउ गरेको हो। दाई विरुद्ध हाडनाता करणी तथा वहिनीलाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाईएको प्रहरीले जनाएको छ।

यसैगरी, अपहरण गरेको बच्चालाई लुकाउन सहयोग गरेको तथा उक्त बालकलाई सडकमा छोडेको आरोपमा कमल र शारदा पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार दाजुले बलात्कार गरेको थाहा पाएपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि २५ वर्षीया युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

३९ वर्षीय देवेन्द्रलाई पनि २१ माघमा पक्राउ गरेर बलात्कार मुद्दामा अनुसन्धान भइरहेको धादिङ प्रहरीका एसपी गौतम मिश्रले जानकारी दिए। उनीहरु पाँचै जना अहिले धादिङ प्रहरीको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट