घन, चक्कु र रडले हानेर श्रीमती, छोरी र नातिनीको हत्या गरी राजुले गरे आत्महत्या

काठमाडौं– काठमाडौँको नागार्जुन नगरपालिका–६, भैरबटोलका ३८ वर्षिय राजु घिमिरे भनिने काजी विकले श्रीमती प्रेमकुमारी (इश्वरी) श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवानीको हत्या गरी आफैले पनि आत्महत्या गरेका छन्।

३ जनाको शव कोठामै फेला परेको छ भने राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको हो। मंगलबार साँझ राजुले श्रीमती र दुई छोरी लिएर आएको र खाजा खाएर फर्किएको ससुरा इन्द्रजित श्रेष्ठले बताए।

उनका अनुसार राजु आफन्तलाई भेट्न अस्पताल पुगी राति १ बजे फर्किएर कोठामा सुतेको र बिहान सवा ७ बजेतिर छोरी र नातिनीको हत्या गरेको पाईएको छ। प्रहरीका अनुसार हत्यामा घन, रड र चक्कूको प्रयोग भएको छ। राजुले सवैको हत्या गरेपछि बीभत्स भिडिओ पठाएर विदेशमा रहेका छोरा र सालोलाई पनि घटनाको जानकारी दिएका थिए।

उनले सवैको मृत शवको भिडिओ ह्वाट्एप मार्फत पठाएका हुन्। खाटमा एकै ठाउँमा लहरै सुतेकै अवस्थामा उनले हत्या गरेको भिडिओ पठाएको प्रहरीले जनाएको छ। राजुले ससुरालाई भने फोनमार्फत घट्नाको जानकारी गराएका थिए।

‘मैले स्वास्नी, छोरी, नातिनी मारेँ, जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फोन गरेको थियो, अनि मैले पुलिसलाई फोन गरेँ’ ससुरा इन्द्रजितले भने–‘म पनि घटनास्थलमा पुगेँ। उसले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ।’

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० स्थायी घर भई भैरवटोलस्थित बद्री चापागाईँको घरमा डेरामा बस्दै आएका राजु श्रीमती, छोराछोरी, नातिनी र बुहारीसहित ६ जना सदस्यसँग बस्दै आएका थिए।

स्थानीयका अनुसार प्रेमकुमारीको दोस्रो बिवाह थियो। उनको पहिलो श्रीमानतिरको छोरा भने विदेशमा छन्। शिवानी प्रेमकुमारीका पूर्व पतिबाट जन्मिएका छोरा (विदेशमा हुने) की छोरी हुन्। बुहारी र नातिनी उनीहरूसँग बस्दै आएका थिए।

राजु र प्रेमकुमारीतिरका १५ वर्षीय छोरा घटना हुने समयमा पसल गएका थिए भने बुहारी बिहानै काममा गएकी थिइन्। राजुले नै पैसा दिएर छोरालाई पसल पठाएका थिए। त्यसपछि उनले तीनै जनाको हत्या गरेको खुलेको छ।

पारिवारिक झगडाका कारण उनले तीन जनाको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। बिहान साढे नौ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने त्यसको केही समयपछि नै राजुको शव दुई किलोमिटर टाढा नागार्जुन नगरपालिका–३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा भेटिएको थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट