हर्क साम्पाङले मन्त्री किराँतीलाई ‘हुतिहारा’ भन्दै गाली गरेको भीडीओ वाहिरियो
राजविराज– नागरिक उड्डयन प्राधिकरणले ‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’ भनेपछि धराने मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन न्त्री सुदन किराँतीविरुद्ध आगो ओकलिरहेका छन्। साम्पाङले मन्त्री किरातीलाई कुलकै वेईजत गरेको भन्नसमेत भ्याएका छन्। हुँदाहुँदा ‘हुतिहारा, गज्याङ्ग्रो’ भन्दै गाली गरेको भिडियो समेत सार्वजनिक भएको छ।
प्राधिकरणले सम्भाव्यता अध्ययन गरी धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि साम्पाङ मन्त्रीविरुद्ध गालीगलौजमा उत्रिएका हुन्। उनले मन्त्री किराँतीविरुद्ध निरन्तर स्टाटस लेखिसकेका छन्। पछिल्लो पटक सार्वजनिक भएको एउटा भिडिओमा पनि उनले मन्त्रीलाई नै गाली गरेका छन्।
सामाजिक सञ्जालमा राखेको भिडिओमा उनी सानो भेलाजस्तो कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। मन्त्री किराँतीलाई ‘हुतीहारा, गोज्याङ्ग्रा’जस्ता शब्दले गाली गर्दै उनले अब आफ्नै पहलबाट धरानमा विमानस्थल बनाउने दाबी गरेका छन्।
‘मान्छेले समुन्द्रमा त एयरपोर्ट बनाई सक्यो, मंगलग्रहमा र चन्द्रमामा पुगिसक्यो। अव हामी आफै बनाउनु पर्छ। देशै परिवर्तन गर्ने मान्छे हो हामी।’ भन्दै उनले मन्त्री राईलाई गाली गरेका छन्। साम्पाङले यसरी गाली गर्दा पनि मन्त्री किराँतीले भने यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन्।
तर उनका प्रेस सल्लाहकार राजन समिपले भने सामाजिक सञ्जालमार्फत नै जवाफ फर्काउन थालेका छन्।
‘प्रिय हर्क साम्पाङ! तपाईंले हिजो जति घुर्क्याउनु भो, दंग्याउनु भो, उतानो परेर आलङ्गरी नै खेल्नु भो, छाती पिट्नु भो, त्यतिबेला तपाईंको माग सम्बोधन गरेकै हो। किनकि तपाईंको घुर्क्याइमा धराने जनताका निम्ति लाभका सुषुप्त आवाज थिए। तर अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनुभएको छ, त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ। सम्पूर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नु भनेको त्यो राज्य दोहन मात्रै हैन, राष्ट्रघात पनि हो। त्यति मात्रै हैन, हामी किराँतीका सन्तानहरू प्रकृति पूजक र वैज्ञानिक दुवै हौँ। मानव सृष्टिको चरणमा पुर्खाले जीवनयापनका निम्ति गरेका हरेक संघर्षहरू यो युगसम्म आइपुग्दा ठूला–ठूला वैज्ञानिक आविष्कारका रूपमा स्थापित भइसकेका छन्। तसर्थ वैज्ञानिक पुर्खाहरूका सन्तान हामी पुस्ताले विज्ञानविरोधी कुरा गर्नुचैँ पुर्खामाथिको धोका हो। तपाईंकै भाषामा भन्ने हो भने पुर्खाको बाटो न हिन्ने सन्तान त्योभन्दा नालायक र कुलंघार कोही हुन सक्तैन। तसर्थ कुरा बुझौँ। कसैले पनि पुर्खालाई धोका नदिऊँ।’
गफ मात्रै गर्ने काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्यत ! pic.twitter.com/qAvL1Lc9lJ
— Hark Sampang A revolution (@hark_sampang) February 28, 2024