क्वार्टरभित्रै मृत फेला परेका सशस्त्रका डीएसपीको सुसाईड नोट भेटियो

विराटनगर– मोरङको धनपालथान गाउँपालिका स्थित कार्यालयको क्वाटरभित्र मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट फेला परेको छ।

पंखामा प्लाष्टिकको डोरी लगाई झुण्डिएको अवस्थामा फेला परेका बस्यालले आफनो खुसीले यो निर्णय लिएको सुसाइड नोटमामा उल्लेख गरेका छन्।

मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईले भने ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन्।’ क्वार्टरको भान्सामा दिउँसो करिव साढे २ बजे झुन्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको थियो।

खाजा पु¥याउन जानेले ढोकाभित्रबाट लक भएको देखेपछि झ्यालबाट हेर्दा झुन्डिएको थाहा पाएका थिए। सीडीओ भट्टराईका अनुसार बस्यालको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्यालले आत्महत्या गर्नुको कारण भने अझै खुलेको छैन। एपीएफ कोशी प्रदेश प्रमुख अन्जनीकुमार पोखरेलका अनुसार उनी गत ११ असोजमा धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागको बीओपी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए।

हाल बीओपी कार्यालय प्रमुखको कार्यकाल ६ महिनाको हुन्छ। त्यहाँ उनको कार्यकाल सकिन केही दिनमात्र बाँकी भएको जनाईएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट