मोरङमा सशस्त्रका डीएसपी क्याटरमै मृत फेला, प्रहरीले परिवारलाई बोलायो

विराटनगर– मोरङको सशस्त्र प्रहरी बलका डिएसपी ३८ वर्षिय उपेन्द्र बस्याल कार्यालयभित्रै रहेको क्वाटरमा मृत फेला परेका छन्।

धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल सोमबार दिउँसो करिव साढे २ बजे क्वार्टरको छेउमा रहेको भान्साको पंखामा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले वस्यालको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरीले परिवारका सदस्यलाई बोलाएको छ।

पाल्पा घर भएका उनको परिवार काठमाडौं बस्दै आएको छ। बस्यालको मृत्युको कारण भने खुलेको छैन। उनले आत्महत्या गरेको आशंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट