घाँटी काटेर हत्या गरिएकी १५ वर्षिय किशोरीका प्रेमी पक्राउ, हत्या गरेको स्विकार

विराटनगर– मोरङको पथरीशनिश्चरे ७ मा १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईको उनकै प्रेमीले हत्या गरेको खुलेको छ। हत्या आरोपमा प्रेमी मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धिरेन खाँ चौधरी पक्राउ परेका छन्।

पूर्वप्रहरीसमेत रहेका बाराको जितपुर सिमरा उपमहानगरपालिकाका चौधरी ग्रामथान गाउँपालिकामा बस्दै आएका थिए। प्रेमिकाको हत्यापछि फरार भएका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको हो।

किशोरीको परिवारले ज्ञानमतिको विवाह आफुसँग नगर्दिने संकेत पाएपछि हत्या गरेको उनले प्रहरीसँग बताएका छन्। किशोरीभन्दा झण्डै दोब्बर उमेरका चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा रहेको खुलेको छ। उनका १४ वर्षका छोरा पनि छन्।

ज्ञानमतिसँग उनको सामाजिक सन्जालमार्फत सम्वन्ध गासिएको थियो। चौधरीले गत असारमा ज्ञानमतिलाई बिहे गरेको भन्दै भारत छिराउने प्रयास गरेका थिए। १३ असारमा जोगवनीबाट पक्राउ परेका दुवैलाई आफन्तको जिम्मा लगाईएको थियो। त्यस वेला चौधरीले आफुलाई मगर वताउँदै अविवाहित रहेको भन्दै ढाँटेका थिए।

आरोपिले हत्या आफुले नै गरेको स्वीकारेको मोरङ प्रहरीले जनाएको छ। सोमवार राती करिव ११ बजे मारिएकी ज्ञानमतिको स्थायी घर खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले हो। उनी पथरीशनिश्चरे नगरपालिका–७, लामाटोल निवासी मामाका छोरा विनोद राईको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिईन।

दाइले चलाएको खाजा घरमा सहयोग गर्दै पढ्दै आएकी उनको राति शौचालय जाने क्रममा घाटीमा खुकुरी प्रहार गरि हत्या गरिएको थियो। आक्रमणपछि ज्ञानकुमारी चिच्याएकी थिईन। दाई घट्नास्थल पुग्दा उनको मृत्यु भईसकेको थियो।

खुकुरी प्रहारबाट उनको गर्धनको आधा भागसम्म काटिएको थियो। दाहिने र देब्रे दुवै पाता तथा अनुहारमा गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरु र कपाल छिनेर भुईँमा खसेको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट