कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु, सर्लाहीमा बस जलाईयो

काठमाडौं– कोटेश्वर चौकमा यात्रु वसले ठक्कर दिँदा प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको मृत्यु भएको छ।

तिव्र गतीमा रहेको प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए। उनको अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा उपचारका क्रममा मृत्यु भएको हो।

खत्रीलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध प्रहरीले सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएको छ।

यता, सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसमा आगो लगाएका छन्। उक्त वसको ठक्करबाट कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो घाईते भएका छन्।

महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। प्रादेशिक अस्पतालले रेफर गरेपछि अहिले ग्वार्कोस्थित विएण्डबी अस्पतालमा भर्ना गरिएको सर्लाही प्रहरीका एसपी दयानिधि ज्ञवालीले बताए।

विहान करिव साढे १० बजेतिर बसको ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट