रविको निस्पक्षतामा आशंकाः महरा पक्राउ पर्दा किन पक्राउ परेनन् पूर्वनासु भीमकान्त भण्डारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने विपत्तिकै सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णवहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुन उनको निसानामा परे।

‘ठुला माछा’ को रुपमा चिनिएका र हैसियतकै कारण जोगिँदै आएका उनीहरु पक्राउ परेपछि नागरिक तहमा एक खालको आशाको सञ्चार भयो। अरुले केही नगरेपनि लामिछानेले सवैलाई तह लगाउँने भए भन्ने आशा आमनागरिकले राखेका छन्।

तर, सहकारी प्रकरणमा फरार रहेका उनकै ब्यवसायीक पार्टनर जीबी राई र सुन तस्करीकै आरोपमा मुछिएका अन्य ब्यक्तिहरु खुलेआम घुमिरहनुले उनी पनि शुसासनको नारा लगाएर ‘एकपाखे अनुशन्धान’ मा लागेको र आफु पक्षकालाई संरक्षण गर्न थालेको आरोप लागेको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरा ‘नखाएको विष लाग्यो’ भन्दै धुरुधुरु रुँदैछन्। ५ चैतमा कपिलबस्तुबाट पक्राउ परेका महरा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा पहिलो दिनको वयानमा भक्कानिएर रोएको अनुसन्धानमा संलग्न एक अधिकारीले वताए।

यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन्। तर, ‘ठूला माछा’ कै रुपमा चिनिएका पूर्वनायव सुब्बा भीमकान्त भण्डारी भने निस्फिक्री घुमिरहेका छन्। महरा पक्राउ पर्नु दुई दिनअघि उनी अर्थमन्त्रीको पुल्चोकस्थित क्वार्टरमा रहेको आशंका गरिएको छ।

उनी मन्त्री पन्ति एवम् पूर्वसभामुख ओनसरी घर्तिका नजिकका मान्छे भनेर चिनिन्छन्। ओनसरीलाई कोसेली वोकेर क्वाटरमा पुगेको भण्डारीले केही वेर गोप्य वार्ता समेत गरेको स्रोतको दावी छ। अकुत सम्पत्ति थुपारेको अभियोग खेपिरहेका भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको पिएसमेत भैसकेका छन्।

चार वर्ष सरकारी जागिर (०७३ असोज २१ गतेदेखि ०७७ असार ३० गते सम्म) खाँदा पनि उनी माओवादी नेताका प्रिय थिए। गुल्मीको मालिका गाउँपालिका–५ घर भएका भण्डारीले त्यही चार वर्षमा ६ करोडभन्दा बढी अकुत सम्पत्ति जोडेको अख्तियारको ठहर छ। अख्तियारले उनी विरुद्ध ०७९ सालमै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

जागिरबाट स्वेच्छिक अवकाश लिएपछि विध म्यानेज्मेण्टको सञ्चालक बनेका उनी सुन मात्र नभई रासायनिक मलमा जोडिएका छन्। रमेश शेर्पा (सुन तस्करीको आरोप लागेका) सँग मिलेर काम गर्दै आएका भण्डारीले गत वर्ष चीनबाट रासायनिक मल ल्याउने ठेक्का पाएका थिए। तर, समयमै मल नल्याउँदा किसानको बिचल्ली भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट