२ वर्ष जेल बसेका विजयको अर्को जेल यात्राः २ जनालाई छुरा हानेर भागे, पैसा लिन फर्किदा पक्राउ

काठमाडौं– होलीको राती ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुईजनाको हत्या हुने गरी भएको झडपमा संलग्न मध्ये छुरा प्रहार गर्ने ‘डि–पोपिना रेस्टुरेन्ट’का सञ्चालक विजय राई यसअघि पनि २ वर्ष जेल बसेर रिहा भएको खुलेको छ।

खोटाङ घर भएका ३१ वर्षीय विरुद्ध प्रहरी वृत्त थानकोटले ०७५ सालमा लागुऔषध मुद्दा चलाएको थियो। सोही मुद्दामा २ वर्ष जेल बसेपछि ०७७ सालमा जेलबाट निस्केर उनले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए।

उनैले प्रहार गरेको चुक्कु लागेर ११ फागुनमा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो। रक्सी खान रेष्टुरेन्टमा आएका दुई समुहबीच झगडा भएपछि प्रहरीलाई खबर गर्नुको साटो राई आफै अघि सरेर चक्कु हानेको खुलेको छ।

प्रहरीका अनुसार विजयले हानेको चक्कु रोबसको कोखमा लागेको थियो। चक्कु प्रहार नगर्न रोक्न गएका पुजनको तिघ्रामा चोट लागेको थियो। उनीहरु दुवै फरक समुहका हुन। हत्या आरोपमा प्रहरीले विजय, रेस्टुरेन्टका अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई पक्राउ गरेको छ।

फरार रहेका एक जनाको विवरण प्रहरीले गोप्य राखेको छ। उनी घटना भएको समयमा खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउन सहयोग गरेको खुलेको छ। ती ब्यक्तिले नै विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पु¥याएका थिए। फरार भएका विजय बिहानीपख पैसा लिन भन्दै घर आएका बेला पक्राउ परेका हुन।

प्रहरीका अनुसार होलीको दिन छेङ्वीहाङ, नाम्नु राई, विराट राई, अनन्त राई, रोवस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए। साँझपख रोबस घर गए। रोबस गएपछि विजय, सुलभ, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १०÷११ जना बसेर डी–पोपिना खाजाघरमा मदिरा सेवन गरे।

रोबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना खाजाघरमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको छ। सुरुमा मृतक रोबस र हाल पक्राउ परेका छेङ्वीहाङसँग विशालले विवाद सुरु गरेका थिए। त्यसपछि छेङ्वीहाङले रोबसलाई फोन गरेर बोलाए। रोबस पुगेपछि ‘ग्याङ्फाइट’ भयो। सोही झडपमा छुरा प्रहार भयो।

२ समूहबीच गत तिहारदेखि नै रिसइबी भएको देखिएको छ। तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो। अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। होलीको दिन घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट