विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाडः रिजल्ट आउने वेलामा १६५ वटा उत्तरपुस्तिका हरायो

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लापरवाहीले विद्यार्थीले पटक–पटक सास्ती खेप्दै आएका छन्। पछिल्लो पटक परीक्षा नियन्त्रण कार्यालय (पनिका) को लापर्वाहीले परिक्षार्थीहरु फेरि परिक्षा दिनु पर्ने बाध्यतामा पुगेका छन्।

रिजल्ट निकाल्ने बेलामा पनिकाले उत्तरपुस्तिका नै हराएपछि यतिखेर विद्यार्थी समेत तनावमा परेका छन्। त्रिभुवन विश्वविद्यालय स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका पनिकाबाटै हराएको छ। रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि पुनः परीक्षाको तयारी भईरहेको छ।

परिक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा गराउन आज क्याम्पसमा निर्देशन पठाइसकेको छ। २१ चैतमा परीक्षा गराउन लागिएको छ। क्याम्पसहरूले जनसंख्या तथा स्वास्थ्य (पीओपी४२२) को परीक्षा सञ्चालनका लागि विज्ञार्थीहरूलाई सूचना गरिसकेका छन्।

स्रोतका अनुसार गत वैशाखमा लिइएको जनसंख्याको उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको थियो। स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोका हराएको हो।

उत्तरपुस्तिका हराएपछि गुपचुप छानबिन समिति बनाएर पुनः परीक्षा चलाउन लागिएको स्रोतको दावी छ। एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्ने चलन छ।

पनिकाले गत वर्ष पनि झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराइदिएको थियो। चारवर्षे बीबीएसको चौथो वर्षको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि पुनः परीक्षा लिइएको थियो।

२७ पुस ०७८ मा लिइएको ‘बिजनेस रिसर्च मेथड्स’ को उत्तरपुस्तिका हराएपछि २४ पुस ०७९ मा पुनः परीक्षा लिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट