आग्लो र चिर्पटले हानेर वृद्ध दम्पत्तिको हत्या, अनुशन्धान गर्दै प्रहरी

काठमाडौं– पर्वतको जलजला गाउँपालिका–२ मल्लाज दहमा गएराति वृद्ध दम्पतीको हत्या भएको छ। ६८ वर्षीय सूर्यबहादुर जीसी र उनकी श्रीमती ६५ वर्षीया गमला जीसीको हत्या भएको हो।

उनीहरूको गएराति घरमै सुतिरहेको अवस्थामा हत्या भएको हो। दुवैजनालाई मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला पारिएको वडाअध्यक्ष प्रकाश घर्ती क्षत्रीले बताए। वडाअध्यक्ष क्षत्रीका अनुसार उक्त घरमा वृद्ध दम्पती मात्रै बस्ने गरेका थिए।

उनीहरुका २ छोरा रोजगारीका लागि दक्षिण कोरियामा छन् भने १ जना छोरा म्याग्दीको बेनी बजारमा व्यापार गर्दै आएका छन्। मंगलवार बिहान अबेरसम्म पनि घरमा चहलपहल केही नदेखिएपछि खोजी गर्दा उनीहरू हत्या गरिएको अवस्थामा फेला परेको वडाध्यक्ष क्षतीले वताए।

एउटा शव घोप्टो अवस्थामा रहेको र अर्को शव खाटमाथि पल्टिएको अवस्थामा भेटिएको थियो। उनीहरुको हत्या नै भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ।

दुवैजनालाई दैलाको आग्लो र चिर्पटले हानेर हत्या गरेको आशंका गरिएको छ। मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीले घट्नाको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसाल बताए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट