गृहमन्त्री पत्नि निकिता पनि सहकारी ठगीमा तानिईन, साई स्वागतमा महानगरको छापा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेसहित उनको पार्टीका टप फाईव नेता सहकारी प्रकरणमा विवादमा छन्। यता, लामिछानेकी पत्नि निकिता पौडेल पनि सोही प्रकरणमा विवादमा तानिएकी छिन्।

पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेपछि गृहमन्त्री पत्नी विवादमा परेकी हुन। बिजुलीबजारमा कार्यालय रहेको यो सहकारी विरुद्ध बचतकर्ताको उजुरी परेको थियो। विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि ‘रेकी’ गरिरहेको थियो। बुधबार भने विभागका कर्मचारी, महानगर प्रहरी सहितको टोलीले छापा मारेर पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण र सहकारीको सफ्टवेयर सिस्टम नियन्त्रणमा लिएको छ।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो। महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो।

सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप थियो। तर, उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको अनुगमन समितिलाई सहकारी व्यवस्थापकले जानकारी दिएका थिए।

सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन्। सोही सहकारीमा दुई वटा समूह छ। भरत जंगमभन्दा बाहेकको समूहले अर्को सहकारीलाई संस्थासँग मर्जर गरेको देखिएको महानगरले जनाएको छ।

सोही समूहले पूर्वअध्यक्ष भरत जंगमको हस्ताक्षर किर्ते गरेर अन्तर सहकारी सापटी लिएको तर त्यो रकम सहकारीमा दाखिला नभई बाहिर नै कारोबार भएको जस्ता प्रमाण समेत फेला परेको स्रोतको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट