पत्नि फस्ने भएपछि बालेन्द्रसँग रविको हिमचिम, ढाकाकुमारको कारोवारले थपियो संकट

काठमाडौं– पत्नी निकिता पौडेल सहकारी काण्डमा मुछिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट गरेका छन्। लामिछानेले बुधबार दिउँसो करिव १ घण्टा बालेन्द्रसँग भेटबार्ता गरेका हुन।

स्रोतका अनुसार दिउँसो २ बजेदेखि झण्डै ३ बजेसम्म मन्त्रीको कार्यकक्षमा दुई जनाको कुराकानी भएको थियो। हिजै अपरान्ह पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा महानगरले छापा मारेको छ । यसअघि नेपाल प्रहरीको सिआइबीले पौडेललाई उन्मुक्ति दिएको थियो।

महानगरको सहकारी विभागले भने सहकारीमा छापा मारेर सफ्टवेयर र ऋणीहरूको सूची नियन्त्रणमा लिएको छ। गृहमन्त्री रवि लामिछाने पत्नी निकिता उपाध्यक्ष रहेको उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन गरेको उजुरी परेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेपछि त्यसको जानकारी महानगरसँग मागेको र महानगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। महानगरले निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको कागजात पनि फेला पारेका छ।

कोर टिमलाई मन्त्री बन्न पैसा बुझाउनु पर्ने भन्दै अडियो सार्वजनिक भएपछि उनलाई सांसदबाट रास्वपाले हटाएको थियो। अहिले उनै ढाकारामसँगको कारोबार पनि निकिताको सहकारीबाट देखिएको छ।

सोही कारण श्रीमती र आफू अप्ठेरोमा पर्ने भएपछि काठमाडौंका मेयरसँग गृहमन्त्री रवि लामिछानेले भेट गरेको स्रोतको दावी छ। ‘जब आफूमाथि संकट पर्छ, त्यसपछि साम, दाम, दण्ड, भेद प्रयोग गर्नु रविको विशेषता नै हो’ स्रोत भन्छ–‘गतवर्ष दोहोरो नागरिकता र पासपोर्ट काण्डबाट जोगिन उनले हठात् सरकारलाई समर्थन गरेर चर्चाको चुलिमा पुगेको काण्ड एकाएक ढिसमिस गराएका थिए।’

गत महिना पनि सिआबीले उनी संलग्न सहकारी संस्थाको रकम अपचलन केसमा तान्न खोजेपछि पुष्पकमल दाहाल नेतृत्व सरकारलाई फेरि एकाएक समर्थन गर्न पुगे। अहिले पत्नी निकिताको सहकारी ठगीमा तानिन थालेपछि उनले बालेन्द्रसँग हिमचिम वढाएको वताईन्छ।

महानगर स्वायत्त निकाय भएकाले गृह मन्त्रालयको निर्देशन ठाडै लागु हुनसक्ने सम्भावना नभएपछि भेटको उपाय अपनाइएको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट