भद्रकालीमा प्रहरीको लात्ती खाएका भिक्षु आन्दोलनमै सहभागि रहेको खुलासा

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले काठमाडौँको भद्रकाली मन्दिर परिसरमा आयोजना गरेको प्रदर्शनका क्रममा दुर्ब्यवहारमा परेका भिक्षु पनि आन्दोलनकारी नै भएको खुलेको छ।

गेरुबस्त्र लगाएर प्रदर्शनमा सहभागी भएका उनलाई प्रहरीले लात्तले हानेको भीडीओ सार्वजनिक भएपछि सरकार समेतको आलोचना भएको थियो। वाटो हिडिरहेका भिक्षुमाथि सुरक्षाकर्मीले लात्तले हानेको भन्दै चौतर्फी आलोचना भईरहेका वेला उनी प्रदर्शकारी नै भएको खुलेको हो।

दुर्व्यवहारमा पर्ने भिक्षु हुन्, फुर्वा तामाङ लामा। उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए। प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरीले जिकिर गरेको छ।

भिक्षुलाई लात्ति हान्ने प्रहरी भने भुकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ। शनिवारको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन्। उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट