राजेन्द्र महतोको आन्दोलनमा झडप हुँदा भिक्षुलाई लात्ती हानेपछि प्रहरीको आलोचना (भीडीओसहित)

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले शनिवार भद्रकालीमा आयोजना गरेको प्रदर्शनका क्रममा बौद्ध भिक्षुमाथि प्रहरीले लात्ती हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।
प्रहरी र प्रदर्शनकारी झडप हुँदा बाटो हिडिरहेका भिक्षुलाई प्रहरीले लाठी र लात्तीले हानेको भीडीओ देख्न सकिन्छ। यतिमात्र होईन, प्रहरीले प्रदर्शनकारीमाथि निर्मम ब्यवहार देखाएको छ। पशु सरह कसैको टाउकोमा लाठी बजारेको छ भने कसैलाई समातेर अनुहारमा मुक्का वजारेको छ।
यसै क्रममा २ भिक्षुमाथि पनि लात्ती हानेपछि प्रहरीको तिव्र आलोचना भईरहेको छ। खासगरी धार्मिक अभियन्ता र मानव अधिकारकर्मीहरुले प्रहरीले भिक्षुमाथि ज्यादती गरेको जनाउँदै विरोध गरिरहेका छन्।
प्रदर्शनमा संलग्न नै नभएका भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ। भूलवशः भिक्षुमाथि लात्ती प्रहार भएको प्रहरीको भनाई छ।
शनिबारको प्रदर्शनमा ५ जना प्रहरी घाइते भएका थिए। चार जनाको अवस्था सामान्य रहे पनि एक जनाको भने नाक पूरै ड्यामेज भएको र अहिले पनि उपचारकै क्रममा रहेको एसपी जनाईएको छ।
प्रहरीको लाठी चार्जका क्रममा केही प्रदर्शनकारी पनि घाईते भएका छन्। केहीलाई प्रहरीले पक्राउ समेत गरेको थियो। पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।