३ जना लागु औषध प्रयोगकर्ताबीच विवाद हुँदा छुरा हानेर एक जनाको हत्या

जनकपुर– जनकपुरमा तीन जना लागुऔषध प्रयोगकर्ताबीच विवाद हुँदा एक जनाको हत्या भएको छ। महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका २० वर्षीय प्रिन्सकुमार महासेठको जनकपुरधाम उप–महानगरपालिका–४ विश्वकर्मा चौकस्थित सरञ्चिया कुटेर नजिकै छुरा हानेर हत्या गरिएको हो।

महासेठ हाल जनकपुरधाम उप–महानगरपालिका ४ मा कोठा भाडा लिएर वस्दै आएका थिए। उनको छातीको बायाँ भागमा पटक–पटक छुरा प्रहार भएको पाईएको छ।

प्रहरीले उनको हत्या आरोपमा २ युवालाई पक्राउ गरेको छ। मृतक महासेठ र पक्राउ परेका दुई जना लागूऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ। आपसी विवादका कारण महासेठमाथि उनकै साथीहरूले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारका क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट