दमकको लाइफलाइन अस्पतालमा आगलागी, २ करोडभन्दा वढिको क्षती

दमक– झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मङ्गलबार राति आगलागी भएको छ। अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अस्पतालसहित अन्य दुई घरमा पनि फैलिएको थियो।

आगलागीमा २ करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलाइसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।

अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईका अनुसार डाइलिसिस मेसिन काम नलाग्ने भएको छ। अव सेवा पूर्णरुपमा बन्द भएको छ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

स्थानीयका अनुसार लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट