काठ हिनामिना र ब्यापारीसँग असुली गरेको आरोपपछि सन्तपुरका चौकी इन्चार्जको जिम्मेवारी खोसियो

रौतहट– अनियमितताको आरोप लागेपछि रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित प्रहरी चौकी सन्तपुरका इन्चार्ज असई दिनानाथप्रसाद यादव जिम्मेवारी मुक्त भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले असई यादवलाई जिम्मेवारीबाट हटाएर जिल्ला तानेको छ।

साझा सहकारी संस्था लिमिटेडको पुरानो भवन भत्काएर त्यसबाट निस्किएको काठ हिनामिना गरेको तथा तरकारी ब्यापारीलाई धम्क्याएर असुली धन्दा चलाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि असई यादव विवादमा परेका हुन। उनीमाथि अनुशन्धानसमेत हुने भएको छ।

प्रहरी चौकी सन्तपुर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मातहतको निकाय हो। चौकी अस्थाई रुपमा साझा संस्था लिमिटेडको पुरानो भवनमा वसेको थियो। असई यादवले उक्त भवन भत्काएर राखेको काठ हिनामिना गरेको आरोप स्थानीयले लगाएका छन्।

चन्द्रपुर नगरपालिकाका पूर्वमेयर रामचन्द्र चौधरीले पनि असई यादवले सर्बसाधरणलाई दुख दिएको र साझाको भवन भत्काउँदा निस्किएको काठको फर्निचर बनाई आफैँले लगेकोले आरोप लगाउँदै छानविन हुनुपर्ने बताएका छन्।

असई यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक÷पटक आफ्नो घर लगेको र अन्तिम पटक लैजाने तयारी भईरहेका बेला स्थानीयले अवरोध गरेको जनाईएको छ। असई असुली धन्धाका विषयमा माथिल्लो निकायमा जानकारी गराउँदा समेत वेवास्त गरिएको उनीहरु वताउँछन्।

असई यादवले भने आफूले आफुले फर्निचर बनाएर घर लगको स्विकार गर्दै त्यो फर्निचर साझा संस्थाको काठबाट नभई अन्तैबाट काठ किनेर बनाएको दावी गरेका छन्। आफुले कसैलाई दुख नदिएको पनि उनको दावी छ।

जिल्ला प्रहरी कार्यालय रौटहटका डीएसपी एलिजा गिरीले असई यादवबारे छानविन सुरु भएको जानकारी दिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट