आगलागी हुँदा भाग्न नसकेर घरभित्रै जलेर ४५ वर्षीया महिलाको मृत्यु

जनकपुर– घरमा आगोलागेपछि भाग्न नसकेर धनुषामा एक महिलाको मृत्यु भएको छ। हंसपुर नगरपालिका १ स्थित बगैचाबाट सल्केको आगोले घरभित्रै जलेर ४५ वर्षीया खुखनी देवी कापरको मृत्यु भएको हो।

स्थानीयका अनुसार बाँस र आँपका रुखहरु रहेको बगैंचामा आगो लागेपछि सोही आगो सल्किएर गहुँको भुस राख्न बनाएको उनको फुसको घरमा आगलागी भएको थियो।

घरमा आगलागी भएपछि उनी भाग्न खोजेकी थिईन। तर, लडेर भाग्न नसक्दा जलेर गम्भिर घाईते भएकी उनको केही बेरमै मृत्यु भएको थियो। आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट