दाङबाट मोटरसाईकलमा आएका एक जोडिले त्रिशुलीमा हाम फाले, पुरुष वेपत्ता

चितवन– दाङबाट मोटरसाईकलमा आएका करिव ४० वर्षकी महिला र ५१ वर्षका पुरुषले मंगलबार त्रिशुली नदीमा एकैसाथ हाम फालेका छन्। उनीहरु मध्ये महिलालाई प्रहरीले उद्वार गरेको छ भने पुरुष वेपत्ता छन्।

प्रहरीका अनुसार महिलाले आफ्नो परिचय खुलाएकी छैनन्। उनले मदिरा सेवन गरेको पाईएको छ। उनीसँग दाङको शान्तिनगर–७ की ३० वर्षीया सीता चौधरीको नागरिकता फेला परेको छ। उद्वारपछि उनलाई भरतपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

नदीमा बेपत्ता भएका पुरुष दाङको तुलसिपुर ६ का ५१ वर्षीय खगेन्द्र डाँगी भएको उनका आफन्तले बताएका छन्। डाँगीका परिवार प्रहरीको सम्पर्कमा आईसकेका छन्। उनको खोजतलास जारी भए पनि प्रहरीले फेला पार्न सकेको छैन।

उनीहरु रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका थिए। चितवनको भरतपुर महानगरपालिका–९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका–५, दासढुंगा जोड्ने पुलको बीचमा पुगेर उनीहरु नदीमा हामफालेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट