फोनमा ठुलो स्वरले बोलेको विषयमा विवाद हुँदा फुपूकी छोरीको हत्या गरी भागेका समर ९ वर्षपछि पक्राउ

काठमाण्डौं– फोनमा ठुलो स्वरले बोलेको विषयमा विवाद हुँदा आफ्नै फुपुकी छोरीको हत्या गरेर फरार भएका म्याग्दीको मंगला गाउँपालिकाका (तत्कालीन कुहु गाविस–५) का ४७ वर्षीय समरबहादुर सार्कीलाई प्रहरीले शनिवार ९ वर्षपछि पक्राउ गरेको छ।

सार्कीमाथि फुपूकी छोरी सुनमाया किसान (सार्की)को हत्या गरेको आरोप छ। कीर्तिपुरस्थित कुष्ठरोग आरोग्य आश्रममा बसेर कीर्तिपुर कृषि कार्यालय ‘जेटिए’को जागिर खान्थिन सुनमायाँ। आश्रममा समरबहादुर बुबा (सुनमायाका मामा) गंगाबहादुर पनि बस्थे।

त्यसवेला समरबहादुर ढुंगे अड्डामा ज्यामी काम गर्थे। बेला–बेलामा बुबालाई भेट्न गइरहने उनी ३१ असोज ०७१ मा पनि बुबालाई भेट्न गएका थिए। तर त्यो दिन बुबा आरोग्य आश्रममा नभएकाले भेट हुन पाएन । साँझपख समर र सुनमायाँले सँगै खाना खाए। समर सुते तर, सुनमाया फोनमा बोलिरहेकी थिइन्।

समरले सुन मायालाई सानो स्वरमा बोल्न आग्रह गरे। तर, उनको स्वरमा कमी आएन। त्यसपछि आक्रोशमा आएका उनले हातबाट फोन थुतेर फालिदिए। विवादकै क्रममा सुनमायाले समरबहादुरमाथि हँसिया प्रहार गरेको उनले प्रहरीसँगको बयानमा बताएका छन्।

हँसिया खोस्न खोज्दा सुनमायाले हातमा टोकेपछि उनले सुनमायाको टाउकोमा हिर्काए। त्यही चोटका कारण सुनमाया पलङको धारमा ठोक्किएर बोहोस भईन। आधा घन्टासम्म सुनमाया होसमा नआएपछि उनले आत्तिएर आफैले घाँटी चिथेर सुनमायाँको हत्या गरे।

हत्यापछि उनले बिहान ४ बजेतिर नजिककै शौचालयमा लास राखेर भारत भागेका थिए। त्यसयता फर्केर नआएका उनी बुबा गंगाराम कुष्ठरोगले ग्रस्त भएसँगै भेट्न आएका हुन्। गोप्य सूचनाको आधारमा उनलाई काठमाडौंको चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसीले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट