विद्यालयभित्र मदिरा भोजः ‘विद्यालयमा मदिरा सेवन गर्न हुँदैन भनेर कहाँ लेखिएको छ?’ भन्दै प्रश्न

काठमाडौं– रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– १३ स्थित सु–संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र प्रधानाध्यापकसहितले विद्यालयमै मदिरा भोज गरेको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

समितका अध्यक्ष महेन्द्र राय, समितिका सदस्य अशोक श्रेष्ठ, प्रधानाध्यापक रविन्द्र यादव र शिक्षक अभिभावक संघका अध्यक्ष विनोदकुमार खराल सहितका व्यक्तिहरूले विद्यालयभित्रै मदिरा सेवन गरिरहेको भिडिओ सार्वजनिक भएको हो।

विद्यालयमा मदिरासहितको पार्टी चलिरहेको जानकारी पाएपछि गत आइतबार राति करिव १० बजे स्थानीय युवाहरु त्यहाँ पुगेका थिए। उनीहरु पुग्दा उनीहरूले मदिरा खाइरहेका थिए। युवाहरुले अध्यक्ष र प्रधानाध्यापकलाई ‘विद्यालयभित्र मदिरा सेवन गर्न मिन्छ ?’ भन्दै प्रश्न गरे। जवाफमा उनीहरूले ‘विद्यालयमा मदिरा सेवन गर्न हुँदैन भनेर कहाँ लेखिएको छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।

तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र रायले अहिले भने विद्यालयको क्यान्टिनमा नास्ता खान बसेको बेलामा आफूहरूलाई फसाउनको लागि कसैले भिडिओ खिचेर सार्वजनिक गरेको आरोप लगाएका छन्।

भिडिओ सार्वजनिक भएपछि सिद्धार्थनगर नगरपालिकाले विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई ३ दिने स्पष्टीकरण सोधेको छ। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले स्पष्टिकरण सोधिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट