सप्तरीमा भिषण आगलागी, १ सयभन्दा बढी घर जलेर नस्ट
राजविराज– सप्तरीको महादेवा गाउँपालिका– १, चिम्टी टोलमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ। आगलागीमा परी १ सयभन्दा बढी घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन्।
तिब्र गतिमा चलेको हावाहुरीका कारण समयमै नियन्त्रण गर्न नसक्दा आगलागीमा ठुलो क्षती भएको स्थानीय जनप्रतिनिधिहरुले वताएका छन्।
स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको उनीहरुले बताए। वडाध्यक्ष जयकिशोर दासका अनुसार यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको गाउँमा करिव २ सय परिवारको बसोवास छ।
राजविराज, शम्भुनाथ र हनुमाननगर कंकालिानी नगरपालिकाको दमकल, प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको उनले वताए।
फाईल फोटो।
प्रतिक्रिया