महदेवामा लागेको आगो राती ११ बजे नियन्त्रण, ११० घर जले (फोटो फिचर)

राजविराज– सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मंगलबार भएको आगलागी साढे ७ घण्टापछि नियन्त्रणमा आएको छ। आगलागीमा ११० घर जलेर नष्ट भएका छन्।

सप्तरी प्रहरीका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी साती ११ बजेमात्रै नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि ६ वटा वारुणयन्त्र, १ सय बढी सुरक्षाकर्मी र स्थानीयवासी खटिएका थिए।

दिनभरको हुरीबतासका कारण आगो नियन्त्रणमा समस्या भएको थियो। साँझ परेपछि हावा कम हुँदै गएकाले अथक प्रयासपछि आगो नियन्त्रणमा आएको डीएसपी नेउपानेको भनाई छ। प्रहरीले मंगलबार आगलागीमा जलेका घर संख्या मात्रै एकिन गर्न सकेको छ।

आगलागीमा मानविय क्षती भएको छैन। तर, पशुचौपायासहितको क्षतीको विवरण आज संकलन गरिने प्रहरीले जनाएको छ। स्थानीयले दिएको जानकारी अनुसार शत्रुधन यादवको गोठमा गाईभैँसीलाई खोले पकाउन बालेको आगो सल्किएर आगलागी भएको हो।

हुण्डरीले आगोको झिल्का उडाएर छानातिर पु¥याएपछि सिंगो बस्ति खरानी भएको वडाध्यक्ष जयकिशोर दासले बताए। चिम्टी गाउँमा दलित र मुस्लिम समुदायको घना बसोवास छ। बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट