श्रीमतीको हत्या गरी ‘रक्सीले मातेर लडेको’ भ्रम फैलाएर भागेका पदमबहादुर पक्राउ

विराटनगर– तीन दिनअघि श्रीमतीको हत्या गरेर फरार भएका मोरङको सुन्दरहरैँचा नगरपालिका–५, गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङ पक्राउ परेका छन्।

तामाङलाई प्रहरीले शुक्रबार राति करिव १० बजे सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारबाट पक्राउ गरेको हो। उनलाई बेलबारी प्रहरीको हिरासतमा राखिएको छ। पदमबहादुरले बुधबार राती श्रीमती ४५ वर्षीया मनमाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर घर आएका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर मनमायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मनमायाको हत्यापछि पदमबहादुरले छोरी रत्ना तामाङलाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै फोन गरेका थिए।

भोलिपल्ट बिहान माइती घर पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेपछि रत्नाले प्रहरीलाई खबर गरेकी थिइन्। श्रीमतीको हत्यापछि उनी फरार बनेका थिए। हत्या गरेर घरको कोठाभित्र छाडेको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो।

सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा मनमायाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनको हात र शरीरका विभिन्न भागमा चोटपटक थियो।

घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए। छोरी रत्नाको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट