श्रीमतीको हत्या गरेपछि छोरीलाई पदमबहादुरको फोन–‘आमा रक्सीले मातेर लडिरहेकी छ’

विराटनगर– मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गोर्खाली टोलका विहिवार अनौठो घट्ना घट्यो। स्थानीय पदमबहादुर तामाङकी श्रीमती ४५ वर्षीया मनमाया तामाङ आफनै घरमा मृत अवस्थामा फेला परिन भने ५० वर्षीय पदमबहादुर भने घरमा कतै देखिएनन्।

दुई जना मात्रै वस्दै आएको घरमा श्रीमती मृत अवस्थामा फेला पर्नु र श्रीमानको चालचुल नहुनुले स्थानीयवासी चकित परे। पदमबहादुर र मनमायाँका छोरा रोजागरीका क्रममा विदेशमा छन्। छोरीको विवाह भईसकेकाले घरमा उनीहरु श्रीमान–श्रीमती मात्रै वस्दै आएका थिए।

घट्नाको जानकारी पाएपछि पुगेको प्रहरीले मनमायाको शव घरभित्रै अर्धनग्न अवस्थामा फेला पारेको थियो। यता, तत्काल फरार रहेका पदमवहादुरले अघिल्लो दिन राती करिव ८ बजे छोरीलाई फोन गरेर ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै खवर गरेका थिए।

छोरी विहान घरमा गएर हेर्दा मनमाया मृत अवस्थामा भेटिएकी थिइन्। सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो। बुबा भने फरार भइसकेका थिए। त्यसपछि उनले नै प्रहरीलाई खवर गरेकी थिईन।

प्रारम्भिक अनुसन्धानमा मनमायाको हत्या उनकै श्रीमान्ले गरेको देखिएको प्रहरीको भनाइ छ। घटना लगत्तै उनी बेपत्ता हुनुले पनि थप शंका उब्जाएको प्रहरीको भनाई छ। ‘कम्मरदेखि माथिको भागमा कपडा थिएन। हात र शरीरका विभिन्न भागमा चोटपटक देखिन्छ’ मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने–‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरे जस्तो देखिन्छ।’

घटनापछि फरार रहेका पदमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि मनमायालाई कुटपिट गर्ने गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट