दुई दशक सेभ द चिन्ड्रेनमा काम गरेका डा. भरतमणि देवकोटा रवि लामिछानेको सुशासन विज्ञमा नियुक्त
काठमाडौं– दुई दशक भन्दा वढि सेभ द चिन्ड्रेनमा काम गरेका डा. भरतमणि देवकोटा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सुशासन विज्ञमा नियुक्त भएका छन्। देवकोटालाई सहसचिव सरहको सेवासुविधा दिनेगरी ४ दिन अघि नियुक्ति दिईएको हो।
लामिछानेको सचिवालयमा काम गर्न थालिसकेका डा. देवकोटासँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको र धेरै वटा देशमा संस्थाको कन्ट्री डाइरेक्टरको जिम्मेवारी संहालेको अनुभव छ।
अमेरिकाबाट विद्यावारिधि गरेका डा. देवकोटाले व्यवस्थापन विषयमा वासिङ्टन इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोग प्रमुखका रुपमा रहेका उनलाई लामिछानेले आफनो सचिवालयमा तानेका हुन।
कानूनतः लामिछानेले सरकारी सेवा सुविधा पाउने गरी आफ्नो सचिवालयमा ११ जनासम्म कर्मचारी नियुक्त गर्न सक्छन्। अहिले उनको सचिवालयमा ७ जना कार्यरत छन्।