जीवीलाई मलेसियाले डिपोट गर्नेमा गृहमन्त्री रवि लामिछानेलाई नै छैन विश्वास

काठमाडौं– दुई दिनदेखि सामाजिक सञ्जालमा सहकारी ठगेर मलेसिया भासिएका जीवी राईका विषयमा गृहमन्त्री रवि लामिछाने र उनका मलेसियन समकक्षी सैफिद्दिन नासुसनबीच कुराकानी भएको विषय चर्चामा छ।

केही दिन अगाडि भएको भनिएको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्रीले जीवी राईलाई डिपोट गर्ने विषयमा वाचा गरेको जनाईएको छ। नेपालले इन्टरपोल मार्फत नोटिस जारी गराएर नेपाल ल्याउन प्रयास गरेपनि असफल भएपछि लामिछानेले नासुसनसँग कुरा गरेका हुन।

इन्टरपोलको नोटिसको आधारमा मात्र मलेसियाको सरकारले जिवीलाई नेपाल पठाउन अस्विकार गरेपछि प्रहरी प्रधान कार्यालयले गृहहुँदै परराष्ट्र मन्त्रालयमार्फत जीवीको अभियोगको विवरण र अदालतको आदेशसहितका कानुनी विवरण समेत पठाएको थियो। तर, पनि मलेसियाले जीवीलाई नेपाल फिर्ता पठाउन चासो दिएको छैन।

नेपालले खोजेको अवस्थामा अन्य नेपालीको हकमा सहजै डिपोर्ट गर्ने गरेको मलेसियाले जीवीको हकमा भने नेपाल मलेसियाबीच सुपुर्दगी सन्धी नभएको भन्दै जीवीलाई नेपाल फिर्ता पठाउन आनाकानी गर्दै आएको छ।

इन्टरपोलको नोटिसको आधारमा अभियुक्तलाई सुपुर्दगी नगरे पनि मलेसिया लगायतका देशको सुरक्षा निकायले आफ्नो देशमा बस्न पाएको भिषा खारेज गराएर देश निकाला गर्ने गरेका छन्। नेपालले जीवीलाई सोही प्रक्रियाबाट नेपाल ल्याउन खोजे पनि सफल भएको छैन।

लामिछानेको कुराकानीपछि केही आशावादी भएपनि कानुनी प्रश्न उठेकाले भरोसा गर्ने अवस्था भने नरहेको जनाईएको छ। जीवीलाई मलेसियाले डिपोट गर्ने विषयमा स्वयम गृहमन्त्री लामिछाने समेत ढुक्क नभएको स्रोत बताउँछ।

प्रतिपक्षमा रहँदा रविले सरकारले जानाजान जीवीलाई नसमातेको दाबी गर्ने गरेका थिए। गठबन्धन बदलिएर उनी नै गृहमन्त्री भएपछि उनीमाथि नै जीवीलाई जानजान पक्राउ नगरेको आरोप लागिरहेको छ।

जीवीमाथि सुर्यदर्शन सहकारी, सुप्रिम, सानोपाइला, स्वर्णलक्ष्मी र सहारा सहकारी लगायतमा रहेको बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप छ। आरोप लगत्तै फरार भएका जिवी मलेसियामा रहेको लगभग टुङ्गा लागेको छ। त्यहाँ उनले अपार्टमेन्ट र पसल खरिद गरेर वसेको स्रोतको दावी छ।

जीवी ठगीमा जोडिएको सहकारीहरूमा रवि समेत जोडिएका छन्। ती सहकारीबाट जीवीसँगै रवि पनि सन्चालक रहेको गोर्खा मिडिया प्रालीमा ८० करोड बढि रकम अवैध प्रक्रियाले ऋणको आवरणमा हिनामिना भएको अनुशन्धानले देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट