बस दुर्घटनामा त्रिवीका प्राध्यापकको मृत्यु, चालकसहित ३ जना घाईते

काठमाडौं– कीर्तिपुरमा आईतबार भएको बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापकको मृत्यु भएको छ।

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो।

प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थामा आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन्।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार घाईते भएका बैतडी निवासी २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट