डिभोर्सको मुद्दा लडिरहेकी श्रीमतीलाई अदालतको सिँढीमै भकुर्ने श्रीमान पक्राउ

काठमाडौं– गुल्मीमा सम्वन्ध विच्छेदको मुद्दा लाडिरहेका श्रीमान श्रीमती भेट भएपछि श्रीमानले अदालतभित्रै कुटपिट गरेका छन्।

छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई अदालतभित्रै निर्घात कुटपिट गरेका हुन्। अदालतका कर्मचारीहरुका अनुसार उनीहरु दुवैजना सम्बन्ध विच्छेद मुद्दाको पेशीका लागि त्यहाँ पुगेका हुन।

इजलासमा जाने क्रममा दिपकले सिँढीमै मनसुवालाई कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए। गम्भीर घाइते मनसुवालाई उपचारको लागि प्रवास रिफर गरिएको छ।

दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हर्दिनेटाका दिपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्रावेसीकी मनसुवाबीच ६ बर्ष पहिले विवाह भएको थियो। दुईबीच सम्बन्ध बिग्रिएपछि मनसुवा १ बर्षदेखि माइतीमै बस्दै आएकी थिइन्।

१३ फागुन ०८० मा उनीहरुको सम्वन्ध विच्छेदको मुद्द गुल्मी जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट