पहिलो पटक संसद छिर्दै सुहाङ नेम्वाङ, आजै पाउँने छन् संसदको लोगो

काठमाण्डौं– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङ आज पहिलो पटक संसद भवन छिर्दैछन्। उनको शपथ ग्रहण आज बिहान ११ बजेका लागि राखिएको छ।

सभामुख देवराज घिमिरेले उनलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्। १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार रहेका नेम्वाङ निर्वाचित भएका थिए।

इलाम २ बाट निर्वाचित उनका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो।

नेम्वाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट