मोरङका २४ वर्षीय युवकको काठमाण्डौमा बिच सडकमै छुरा हानेर हत्या, ४ जना पक्राउ
काठमाडौं– मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति काठमाडौंको बतीसपुतलीमा विच बाटोमै हत्या भएको छ। कुमारी टोलमा बस्दै आएका धिमालको छुरा प्रहार गरी हत्या गरिएको हो।
दुई समूहबीच भएको झडपका क्रममा धिमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए। राती करिव पौने ८ वजे छुरा प्रहारबाट गम्भिर घाईते भएका धिमाललाई शनिबार राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो।
तर, उपचार नपाउँदै राती करिव पौने ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको छाती र ढाडमा गहिरो चोट देखिएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी अधिकारीले बताए।
प्रतिक्रिया