काम लागेन गौशाला २६को इमोशनल ब्ल्याकमेल, घोप्टो परेर रुँदा पनि पग्लिएनन न्यायाधीश

काठमाण्डौं– उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाई दिएको छ। काठमाण्डौं जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिइएको हो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाण्डौं जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए। उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको जनाईएको छ।

यसअघि उच्च अदालत पाटनले नै गत २८ पौष ०८० मा २० लाख रुपैयाँ धरौटी लिई लामिछानेलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो। तर, जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदा सन्दीललाई जेलमा राख्न आदेश दियो। गत पौष महिनामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्षको जेल सजाय तोकेको थियो।

पछिल्लो फैसलामा लामिछानेले ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतीपूर्ति तिर्नुपर्ने भएको छ। लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेका थियो। तर ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर १८ वर्ष पूरा भएको ठहर गरेको थियो।

जबरजस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध जाहेरी दिने किशोरी बालिग रहेको दाबी लामिछाने पक्षका वकिलहरूले गरेपछि गत जेठमा उनको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ताकिताब झिकाउने आदेश जिल्ला अदालतले दिएको थियो।

काम लागेन इमोशनल ब्ल्याकमेल
यो प्रकरणमा पीडित भनिएकी गौशाला–२६ ले मंगलबार इमोसनल ब्ल्याकमेल गरेर न्यायाधीशलाई प्रभावित पार्ने र फैसला आफनो पक्षमा पर्ने प्रयास गरेकी थिईन।

अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेपछि सबै जना खुरुखुरु बाहिर निस्किए। न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए। सन्दीप पक्षका एकजना वकिल पनि थिए। यत्तिकैमा वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन।

भित्र पस्नासाथ गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन्। न्यायाधीशद्वयले खासै प्रतिक्रिया नजनाएपछि उनी निस्किएकी थिईन। यो घटनालाई सन्दीपका वकिलहरुले मंगलबारै असामान्यरुपमा लिएका थिए। उनीहरुले गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको आरोप लगाएका थिए।

योभन्दा अगाडि जिल्ला अदालतमा पनि गौशाला २६ ले यस्तै घट्ना गरेकी थिईन। दुवै पक्षले आआफ्नो बहस सकेपश्चात गौशालाले आफू अन्तिममा बोल्न पाउनु पर्ने माग गरेकी थिइन्। न्यायाधीशले पनि अनुमति दिएका थिए। सामान्य तथा वकिलहरुले बहस सकिएपछि फेरि मुद्दाको एउटा पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिइँदैन। तर गौशाला २६ लाई दिइएको थियो। त्यसबेला पनि उनले रुँदै आफ्नो पक्षमा फैसला नआएको खण्डमा सर्वोच्च अदालतसम्म जाने बताएकी थिइन्। जिल्ला अदालतले गौशाला २६ को पक्षमा फैसला सुनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट