सिरहामा खाल्डोमा जमेको पानीमा डुवेर १३ वर्षीया बालिकाको मृत्यु

लहान— सिरहाको धनगढीमाई नगरपालिका–८ टेना टोलमा आइतबार दिउँसो पानी जमेको खाल्डोमा डुवेर एक बालिकाको ज्यान गएको छ।
स्थानीय दिनेश यादवकी १३ वर्षीया छोरी आकृतिकुमारी यादवको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। घटनास्थल बस्तीभन्दा करिब ५ सय मिटर पर शिव महतोको खेतमा छ।
स्थानीयहरूले बालिकालाई पानीमा डुबिरहेको अवस्थामा फेला पारेका थिए। त्यसपछि उनलाई तत्कालै नजिकै रहेको आरके मेडिसिटीमा पु¥याईएको थियो। तर चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषणा गरे।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरीले स्थानीयसँग बयान लिने र सुरक्षा व्यवस्थाका विषयमा अनुसन्धान गर्ने तयारी गरेको छ।
प्रतिक्रिया