जग्गा विवादमा कोदालोले हानेर सँधियारको हत्या

लहान– सिरहामा कोदालो प्रहार गरी आज विहानै एक जनाको हत्या भएको छ। अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा विहान ८ वजे जग्गाको विवाद हुँदा सँधियारले ५३ वर्षीय बुधराम महतोको हत्या गरेका हुन।

सिरहा प्रहरीका एसपी रमेश पण्डितका अनुसार महतोमाथि सधिधारले कोदालोले हानेर फरार भएका छन्। मृतक महतो विष्णुपुर चोकमा ग्यास सिलिन्डर र बालिनालीको औषधि तथा बीउबिजनको व्यवसाय सञ्चालन गर्दै आएका थिए।

कोदालो प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट