एउटी बालिकालाई १५ जनासम्म ग्राहकसँग यौनक्रिया गराई पैसा कमाउने २ महिला पक्राउ

काठमाडौं– एउटै बालिकालाई दैनिक ५ देखि १५ जना ग्राहक पठाएर जगर्जस्ती यौन कृयाकलाप गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको मित्रपार्कस्थित ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’का सञ्चालक २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र २६ वर्षीया निशा भनिने रमिला नेपाली पक्राउ परेका हुन। मन्जु दोलखाको जिरी नगरपालिका–९ की वासिन्दा हुन भने निशा नुवाकोटको बलकोटगढी नगरपालिका–४ की वासिन्दा हुन।

उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै फकाएर काठमाण्डौं ल्याउने र जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

एक जना बालिकालाई दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गराई उनीहरुले ग्राहकबाट पैसा असुन्ने गरेको अनुशन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी गराएका छन्। बालिकालाई आधा रकम दिने भनिएपनि उक्त रकम समेत नदिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी गौतम मिश्रले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट