ट्याक्टर दुर्घटनाका मृतक दुवै जनाको पहिचान खुल्यो, घाईते १४ जनालाई विराटनगर पठाईयो

राजविराज– कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ मृत्यु भएका दुवै जनााको पहिचान खुलेको छ।

शनिवार बेलुका करिब साढे ७ बजेको समयमा हुलाकी सडक भएर कञ्चनपुरतर्फ जाँदै गरेकोस १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा सिरहा लाहान १९ का ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा २२ जना घाईते छन्।

घाइते मध्ये १४ जनाको विराटनगर स्थित गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूपस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट