बाटोमा गाडी तेर्स्याएर ट्राफिककै सामुन्ने हानाहानः एक जना घाईते, एक जना पक्राउ

काठमाण्डौं– काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ। अरनिको यातायातले आज बिहान बीच बाटोमा गाडी तेर्स्याएर सडक अवरुद्ध पारेपछि विवाद सुरु भएको हो।

यातायात खुलाउन ट्राफिक प्रहरी पुगेको थियो। सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो। दुबै यातायातका कर्मचारीबीच हिजो ओखलढुंगामा विवाद भएको थियो।

त्यही निहुँमा अरनिको यातायातले आज बिहान बागमती प्रदेश ०१–००६ ख ५५७१ नम्बरको गाडी बनेपास्थित बीच सडकमा रोकेर चक्काजाम गरेको हो।

सडक अवरुद्ध भएपछि चालकबीच भनाभन भएको र हात हालाहाल भएको जनाईएको छ। कुटपिटबाट अरनिको यातायातका एक चालक घाइते भएका छन्।

उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, कुटपिट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल सडक सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले बताए।


प्रतिक्रिया

One thought on “बाटोमा गाडी तेर्स्याएर ट्राफिककै सामुन्ने हानाहानः एक जना घाईते, एक जना पक्राउ

  1. सहि गरे छ । अरनिको यातायातको त ढाड खुस्किने गरि दिए हुन्छ । अनि अस्पताल लगेर फ्याकि दिए हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट