गरिव प्रधानमन्त्रीको ८० लाखको घडी, ज्याकेट र पलङ कस्ता?

काठमाण्डौं– अमेरिकामा मंगलबार सम्पन्न भएको नेपाल र नेदरल्यान्डबीचको खेलका कारण अहिले खेलाडी जत्तिकै चर्चामा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि छन्। तर, उनी खेल र खेलाडीप्रति उदार भएर भन्दा पनि हातमा बाँधेको घडीका कारण चर्चामा आएका हुन।

प्रधानमन्त्री दाहाल यसरी चर्चामा आउनुको कारण केही दिनअघि सार्वजनिक भएको सम्पत्ति विवरण पनि जोडिएको छ। उनले सार्वजनिक गरेको विवरणमा उनीसँग ५ तोला सुनबाहेक सम्पूर्ण सम्पत्ति स्वर्गिय श्रीमती सिता दाहालको नाममा छ।

भरतपुर महानगरपालिका–१४ मा रहेको १४ कठ्ठा जमिन पैतृक सम्पत्ति र सिता दाहालकै नाममा भरतपुर–१२ मा १ कठ्ठा जग्गा बाहेक अरु सम्पत्ति नभएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख। उनको सम्पत्ति विवरण हेर्नेले गरिव देशका गरिव प्रधानमन्त्री भनेरै उनलाई मुल्यांकन गर्दा हुन। तर, उनले हातमा भने करोड रुपैयाँ हाराहारीको घडी बाँधेका छन, जुन उनले सम्पत्ति विवरणमा देखाएका छैनन्।

मंगलबार बेलुका ९ बजेर २१ मिनेटमा प्रधानमन्त्रीकी स्वकिय सचिव एवम् कान्छि छोरी गंगा दाहालले सामाजिक सञ्जालमा बाबुछोरी सँगै वसेर टेलिभिजनमा क्रिकेट हेर्दै गरेको फोटो सार्वजनिक गरेकी थिइन्। नेपाली क्रिकेट टिमलाई विजयका लागि अग्रिम शुभकामना भन्दै उनले राखेको फोटोमा दाहालको हातमा गोल्डेन कलरको एउटा घडि देखिन्छ।

उक्त घडी रोलेक्स जिएमटी मास्टर ब्राण्डको रहेको र उक्त घडीको मुल्य ८८ हजार २ सय ३६ डलर पर्ने (नेपाली रुपैयाँ करिब ७८ लाख ११ हजार ३ सय) सामाजिक संजाल प्रयोगकर्ताले जनाएका छन्। प्रधानमन्त्री प्रचण्डले आफ्नो नाममा केही सम्पत्ति नभएको देखाएपनि उनी करोडौँको ब्राण्डेड घडी र लाखौँ रुपैयाँ पर्ने कपडा लगाउँछन्। गएको जाडोको मौसममा उनले झण्डै ८० हजार मुल्य बरावरको ज्याकेट लगाएका थिए। जसको खुवै चर्चा भएको थियो।

उक्त ज्याकेज चिनियाँ कम्पनि कैलाश ब्रान्डको हो। कैलाश ब्रान्ड चिनमा सबैभन्दा महङ्गो ब्रान्डका स्पोर्टस वेयर उत्पादन गर्ने कम्पनि हो। कैलाश ब्रान्ड नेपालमा भन्दा पनि विकसित मुलुकमा बढि चर्चित छ। उनले लगाएको अल्ट्रा लाईट हावा र पानि दुवै छेक्ने डाउन ज्याकेट हो। जसको बजार मुल्य ४६० अमिरिकी डलर अर्थात नेपाली रुपैयाँ ६० हजारभन्दा माथि पर्न जान्छ।

उसो त, दाहालको व्यक्तिगत जीवन शैलीबारे बेलाबेला निकै चर्चा हुने गर्छ। केही वर्षअघिसम्म उनको पलङसमेतले चर्चा बटुलेको थियो। उनको चर्चासँगै कहिलेकाहीँ छोरी गंगा र नातिनी स्मितासमेत जोडिएर आउने गरेका छन्। उनीहरुले बोक्ने ब्लु क्याभिअर लेदर, प्राडा, कोच, गुची, ज्याक्कमसलगायतका ब्यागहरू एउटैको मुल्य लाखौँ पर्छन।

तर, माओवादी कार्यकर्ताहरुले भने जहिले पनि दाहाल र उनका परिवारको सौखिन जिवन शैलीको वचाउ गर्ने गरेका छन्। कास्कीको ढिकुरपोखरीमा एक सामान्य परिवारमा जन्मिएका दाहालको वर्तमान फेन्सी जिवन शैली कसरी सम्भवन भयो भन्ने विषयमा भने उनीहरुले कतै प्रश्न गरेको देखिँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट