महिला सुरक्षाकर्मीले थप्पड हानेपछि यस्तो छ सांसद कंगना रनौतको प्रतिक्रिया (भीडीओसहित)

काठमाण्डौं– भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिक कंगना रनावतलाई एक महिला सुरक्षाकर्मीले गालामा थप्पड हानेको विषय अहिले चर्चामा छ। चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवान कुलविन्दरले थप्पड हानेकी हुन।
यो कुरा कंगनाले पनि पुष्टि गरेकी छिन्। उनी चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला थप्पड प्रहार भएको हो। किसान आन्दोलनको बेला कंगनाको रवैया किसान विरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
न्यूज नेशनको रिपोर्ट अनुसार कंगना विमानस्थलका उडान पर्खिरहेकी थिइन् र महिला जवान सरासर आएर गालामा थप्पड हानेकी थिइन्। यसैबीच कंगनाले स्थानीय प्रहरीमा लिखित जाहेरी दिएपछि सीआईएफएसकी महिला जवान कुलविन्दरलाई हिरासतमा लिइएको छ।
कंगनाले सुरक्षा जाँचका क्रममा आफूमाथि ती महिला जवानले थप्पड हानेको उल्लेख गरेकी छन्। हालै सम्पन्न निर्वाचनमा उनी मण्डी जिल्लाबाट भाजपाको उम्मेदवार बनी सांसद निर्वाचित भएकी थिइन्।
यो पनि,